माग्ने बुढालाई सफलताको ह्याट्रिक

कार्तिक ०३, २०८२


कार्तिक २, नेपाली चलचित्र उद्योगका लागि केदार घिमिरे उर्फ माग्ने बुढा कुनै नयाँ नाम होइन, टेलिभिजनको पर्दा हुँदै चलचित्रको पर्दामा आफ्नो बलियो उपस्थिति बनाएका उनलाई आफुले अभिनय गरेको एक पछि अर्को फिल्मको सफलतासँगै आम दर्शक सँग साक्षात्कार तथा चलचित्र प्रचार प्रसार गर्दैमा फुर्सद छैन । चलचित्रहरूमा जीवन्त अभिनय गर्ने उनले दर्शक हँसाउन र रुवाउन माहिर मानिन्छन् ।

हिन्दू नेपालीहरूको महान पर्वमा यो पटक उनकै मुख्य भूमिका रहेका चलचित्रहरू प्रदर्शनमा आएका छन् । हरितालिका तीजको अवसरमा केदार घिमिरेको महत्वपुर्ण भुमिका रहेको चलचित्र ‘माग्ने राजा’ यो वर्षको हिट सूचीमा पर्दछ । त्यस्तै दशैमा प्रदर्शनमा आएको चलचित्र ‘माइती घर’ ले सफलता हात पारिसकेको छ, जुन चलचित्र अहिले पनि हलहरूमा प्रदर्शन भइरहेको छ । र हाल तिहारको छेको पारेर यही असोज ३१ गतेबाट प्रदर्शन भइरहेको चलचित्र जेरी अन टप को चर्चा र परिचर्चा नेपाली चलचित्र उद्योगमा भइरहेको छ । जुन चलचित्रमा केदार घिमिरे उर्फ माग्ने बुढाकाे पनि प्रमुख भूमिका रहेको छ । चलचित्र जेरी अन टप अहिले देशभर प्रदर्शन भइरहेको चलचित्र हो ।

कुनै समय छक्कपञ्ज टिमका लागी मात्र अनुबन्धित हुने केदार घिमिरे अहिले भने खुलेरै बाहिरी व्यानरको फिल्म खेलिरहेका छन् । केदार घिमिरेलाई सफलताको शुभकामना !!

https://www.facebook.com/share/v/176Wt42Nm8