नेपाली क्रिकेटको इतिहास

कार्तिक ०३, २०८२


नेपालमा क्रिकेट खेल भित्रिएको एक शताब्दी भन्दा लामो भएपनि अन्तर्राष्ट्रिय क्रिकेटको इतिहास त्यति लामो छैन । सन् १९२० मा राणा शासन कालमा बेलायतबाट क्रिकेट नेपाल भित्रिएको हो । सन् १९४६९२००४ सालमा० नेपाल क्रिकेट संघ ९क्यान० को स्थापना भएपछि नेपालमा क्यानको संस्थागत विकासको सुरुवात भयो । तर त्यसको चार दशकसम्म पनि नेपाली क्रिकेट केन्द्रबाट खासै बाहिर फैलिन सकेन ।

सन् १९८८ मा पहिलो पटक इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीको एफिलियट नेशनको मान्यता पाएपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सत्रमा फड्को मार्‍यो । त्यसको दुई वर्षपछि सन् १९९० मा एसीसीको सदस्य भएको नेपालले १९९६ मा आइसीसीको एसोसिएट नेशनको मान्यता पायो । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा नेपालले क्रिकेट खेल्न थाल्यो । आईसीसीसँग जोडिएको साढे तीन दशक र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको तीन दशकमा नेपाली क्रिकेटमा विभिन्न आरोह अवरोह पार गर्‍यो । यसबीचमा दुई पटक टी२० विश्वकप खेल्नु र ओडिआई मान्यता पाउनु नेपालको अहिलेसम्मको ठुलो सफलताको रुपमा रह्यो ।

सन् १९९६ मै नेपालले मलेसियामा भएको एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा इन्ट्री मारेको थियो । बंगलादेशसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले सोही वर्ष जापानलाई हराउँदै पहिलो जित हात पारेको थियो । त्यसको दुई वर्षपछि नेपालले सन् १९९८ मा एसीसी ट्रफीको दोस्रो संस्करण आफैं आयोजना गरेको थियो । सिनियर टिमले विश्वकप खेल्न लामो समय कुर्नुपरे पनि जुनियर टिमले भने सन् २००० मै यू(१९ विश्वकप खेलेको थियो । सन् २००० को दशकमै नेपालको यू(१९ पुरुष राष्ट्रिय टिमले यू१९ विश्वकप खेल टेष्ट राष्ट्रका टिमहरूलाई समेत पराजित गरेको थियो । यू१९ विश्वकपमा नेपाल जायन्ट किलर बनेको थियो ।

नेपालको महिला क्रिकेट टिमले सन् २००७ मा एसीसी वुमन्स टुर्नामेन्टबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो । महिलाको पनि जुनियर टिमले नै सिनियरभन्दा पहिले विश्वकप खेलेर इतिहास बनाइसकेको छ । नेपालको सिनियर पुरुष टिमले सन् २००६ मा एसियाका एसोसिएट टिमहरूबीच भएको एसीसी फास्ट ट्रयाक कन्ट्रीज टुर्नामेन्टको उपाधि जितेको थियो । सन् २०१० मा डिभिजन ५ को उपाधि जितेपछि नेपाली क्रिकेटले आईसीसीको टुर्नामेन्टको उपाधि पहिलो पटक जित्यो । त्यसपछि नेपालले सन् २०१२ मा युए२सँगै संयुक्त रुपमा एसीसी ट्रफीको उपाधि जितेको थियो ।

नेपालले आईसीसीको प्रतियोगिता पछिल्लो पटक सन् २०१४ मा आईसीसी डिभिजन थ्री को उपाधि जितेको थियो । डिभिजन ५ देखि डिभिजन १ सम्मको यात्रा तय गर्दै आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसमेत खेलिसकेको नेपालले वान डे वर्ल्ड कप क्वालिफायर पनि चार पटक खेलिसकेको छ । तर वान डे वर्ल्ड कपमा भने नेपाल छनोट हुन सकेको छैन । नेपालले डिभिजन ५ र डिभिजन ४ को उपाधि एक(एक पटक जित्दा डिभिजन ३ मा दुई पटक च्याम्पियन बनेको थियो । यस्तै एकपटक डिभिजन २ को उपविजेता बनेको थियो ।

यस बीचमा आईसीसीले क्यानलाई निलम्बन गर्दा त्यसको घाटा पनि नेपाली क्रिकेटले व्यहोर्न परेको थियो । क्यानमा सरकारी हस्तक्षेप भएको र विधान अनुसार निर्वाचन नभएको र भन्दै आइसीसीले सन् २०१६ अप्रिलमा क्यानलाई निलम्बन गरेको थियो । त्यसको साढे तीन वर्षपछि २०१९ मा आईसीसीले शसर्तसहित क्यान निलम्बन फुकुवा गरेको थियो । निलम्बनको समयमा पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू खेल्न छुट पाएको नेपालले त्यही बीचमा सन् २०१८ मा पहिलो पटक वान डे इन्टरनेशनल ९ओडिआई० स्ट्याटस प्राप्त गरेको थियो ।

त्यसको ६ वर्षपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो उपलब्धिहरू हात पारिसकेको छ । नेपाल लगातार टी-२० विश्वकपमा छनोट भएपछि सपना वास्तविकतामा परिणत भएको बताएका थिए । यस्तै क्यान सचिव पारस खड्काले तेस्रो पटक विश्वकपमा पुग्दै इतिहास रचेको र नेपाललाई टेष्ट राष्ट्र बनाउने सपना नजिक रहेको बताएका छन् । नेपालको अबको लक्ष्य टेष्ट मान्यता प्राप्त गर्ने र टी२० जस्तै ओडिबईमा पनि लगातार विश्वकप खेल्ने रहेको छ ।