कांग्रेसका उम्मेदवार धमाधम छानिँदै, यी हुन् अहिलेसम्म टिकट पाउनेहरू (सूची)

माघ ०६, २०८२


विभाजित अवस्थामा रहेको नेपाली कांग्रेसले भोलि हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा धमाधम टिकट वितरण गरिरहेको छ ।

सभापति गगन थापाको हस्ताक्षरका विशेषगरी कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लामा टिकट दिएर पठाइएको छ । अन्य क्षेत्रमा पनि आज मध्यरातिदेखि भोलि विहानसम्म टुंगो लाग्ने बताइएको छ । हालसम्म उम्मेदवार तय भएका क्षेत्र यसप्रकार छन् ।

कोशी

१.सुनिल शर्मा, मोरङ ३

२.नरेन्द्र केरुङ, पाँचथर

३.सन्तोष सुब्बा, तेह्रथुम

४.दिनेश राई, धनकुटा

५. निश्कल राई, इलाम १

६ प्रकाशसिंह कार्की,सोलुखुम्बु

बागमती

१. दुजाङ शेर्मा, काठमाडौं ३

२.मधु आचार्य,काभ्रे २

गण्डकी

१.टेकराज पौडेल, बागलुङ २

२.कर्णबहादुर भण्डारी, म्याग्दी

लुम्बिनी

१.कसुम थापा मगर, रुकुम पूर्व

२.डा. सुधन ओली, रोल्पा

३.डा. गोविन्दराज पोखरेल, प्यूठान

४.चन्द्र भण्डारी,गुल्मी १

५.भुवन श्रेष्ठ,गुल्मी २

कर्णाली

१.दीपबहादुर शाही, जुम्ला

२.जयपति रोकाय, हुम्ला

३.कर्णबहादुर बुढा, डोल्पा

४.हर्ष बम, कालिकोट

५.दिक्पाल शाही, दैलेख २

६.केशबहादुर विष्ट, सल्यान

सुदूरपश्चिम

१.जनक गिरी, बाजुरा

२.चतुरबहादुर चन्द, बैतडी

३.धर्मानन्द जोशी,दार्चुला