जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति मा.वि.प्रथम

माघ १७, २०८२


माघ १६ दाङ, दाङ तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय हिसान दाङ र कलेज रिडर्स काठमाडौँको संयुक्त आयोजनामा सञ्चालन गरिएको दाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

दाङ जिल्लामा रहेका विभिन्न विद्यालयहरूमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरूकाे सहभागितामा घोराही स्थित राप्ती इन्जिनियरिङ कलेजमा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति माध्यमिक विद्यालयमा विज्ञान संकाय अध्ययन गर्ने विविध सेजुवाल, अनिता कवर योगी र मिलन पुन मगरको टिमले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै व्यवस्थापन संकायतर्फ रिता गौतम, भूपेन्द्रा बिष्ट र मनिषा बुढाथोकीको टिम प्रथम हुन सफल भएको छ ।

विज्ञान र व्यवस्थापन संकायतर्फ प्रथम स्थान हासिल गरेको ज्ञान ज्योति माध्यमिक विद्यालयको टिमले नगद १५ हजार सहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । गत वर्ष पनि ज्ञान ज्योति माध्यमिक विद्यालयले हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो ।

कार्यक्रम हिसान दाङका अध्यक्ष सुरेन्द्र जिसीको अध्यक्षता तथा राप्ती इन्जिनियरिङ कलेजका डाइरेक्टर डा. शैलेन्द्र गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कलेज रिडर्सका सीईओ जितेन्द्र घिमिरे, शैक्षिक अभियन्ता तथा मानवअधिकारकर्मी प्रमोद कुमार न्यौपाने, कलेज रिडर्सका सम्पादक केशव नेपालले मन्तव्य राख्नुभएको थियो ।