व्यवसायदेखि समाजसेवासम्म सक्रिय बसन्त खड्का, महाधिवेशन प्रतिनिधिमा होमिँदै

१० घण्टा अगाडि


दाङ १२, नेपाली कांग्रेसको १५ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि दाङ क्षेत्र नं. ३ बाट युवा व्यवसायी तथा समाजसेवी बसन्त कुमार खड्काले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

युवा पुस्तामाझ सक्रिय र सामाजिक गतिविधिमा समेत निरन्तर जोडिँदै आउनुभएका खड्काले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको सहभागिता र युवा नेतृत्वका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

नेपाल तरुण दलको वडा कमिटी सभापति, जिल्ला सदस्य हुँदै दुई कार्यकाल क्षेत्रीय प्रतिनिधिका रुपमा चुनिएका खड्का व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएको छ । विभिन्न सामाजिक गतिविधिमा सहयोग तथा सामाजिक सेवाको अनुभवलाई राजनीतिक भूमिकासँग जोड्ने उद्देश्यसहित आफू महाधिवेशन प्रतिनिधिको रूपमा अघि बढेको खड्काको भनाइ छ ।

युवाको आवाजलाई पार्टीको नीति निर्माण र संगठनभित्र प्रभावकारी रूपमा स्थापित गर्न आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अहिलेको सन्दर्भमा युवा पुस्ताको मागअनुसार आफूले उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभएको छ ।

१५औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रुपमा खड्काको उम्मेदवारी दर्ताले दाङ क्षेत्र नं. ३ मा कांग्रेसभित्र युवा प्रतिनिधित्व र नेतृत्वको विषयलाई समेत चर्चामा ल्याएको छ ।