शिक्षा, समाज र राजनीतिमा सक्रिय डाँगी कांग्रेस महाधिवेशन प्रतिनिधिको मैदानमा
असाेज १३, नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर ३ बाट सुबोध कुमार डाँगीले खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रामा सक्रिय डाँगीले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गरेको बताएका छन्।
डाँगीले विद्यार्थी राजनीतिसँगै शिक्षा, सामाजिक क्षेत्र तथा पार्टी संगठनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन् । निजी शिक्षा क्षेत्रका अभियन्ताका रूपमा समेत परिचित डाँगी जिल्ला प्रदेश हुँदै नेसनल प्याप्सनको केन्द्रीय वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसमेत ग्रहण गरिसकेका छन् ।
हाल नेपाली कांग्रेस दाङ जिल्ला सहसचिव रहेका डाँगीले संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध तथा जनतासँगको प्रत्यक्ष संवादलाई थप प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
उनले पार्टीलाई समयानुकूल, व्यवस्थित र जनमुखी बनाउन युवाको सहभागिता र नयाँ सोच आवश्यक रहेको बताउँदै आफूले प्राप्त गरेको राजनीतिक, शैक्षिक तथा सामाजिक अनुभवलाई पार्टी संगठनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







