फिल्म ‘पाँच पाण्डव’ को ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ गीत सार्वजनिक

कार्तिक १४, २०८३


कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’ को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको हो । सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत मंगलबार सार्जनिक गरिएको हो ।

डा. कृष्णहरि बरालको शब्द रहेको गीतले दाजुभाइबीचको मिलन र आत्मीयता दर्शाउँछ । जसमा दाजुभाइबीचको सम्बन्ध, आपसी विश्वास र एकताको भावलाई प्रस्तुत गरिएको छ। गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका पाँच मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौलालाई दाजुभाइका रूपमा प्रस्तुत गरिएको छ ।