नगर उपसभापति पदका उम्मेदवार तेजेन्द्र हमालको समर्थन बिनिल केसीलाई
सन्तोष के.सी.
तुलसीपुर, अशोज ७ । नगर उपसभापति पदका उम्मेदवार तेजेन्द्र हमालको समर्थन बिनिल केसीलाई भएपछि केसी शुरेस हमालको टिमका सर्बाधिक लोकप्रिय उम्मेदवार बन्नुभएको छ । उम्मेदवार बनेर प्रचार प्रसार सुरु गरेका उपसभापति पदका उम्मेदवार हमालले पार्टि भित्रको आन्तरिक निर्बाचनमा आफुले युवा नेता एवम तुलसीपुर उधोग बाणिज्य सघका महासचिब समेत रहेका बिनिल केसीलाई समर्थन गरेको बताउनु भयो ।

नगर उपसभापतिका आकाक्षि तेजेन्द्र हमालले नेपाली काग्रेसका अग्रज नेताहरुको अनुरोधमा आफ्नै समकक्षी बिनिल केसीलाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । सो अबसरमा उपसभापति पदका आकाङ्क्षि तेजेन्द्र हमालले उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै आफु सधैभरि पार्टिको बिकास र बिस्तारमा लागि पर्ने बताउनु भयो । यस अघि बिहिबार बिहान नगर सभापति पदमा शोभाकर सापकोटाले युवा नेता शुरेस हमालला समर्थन गरिसक्नु भएको थियो ।






