काँग्रेस तुलसीपुर नगर सभापतिमा हमाल निर्वाचित

असोज १०, २०७८     सम्पूर्ण कुरा


नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत तुलसीपुर नगर सभापति पदका उम्मेदवार सुरेश हमालले प्रतिस्पर्धी अनिल कार्कीलाई १६० मत अन्तरले पराजित गरेका छन् ।

सभापतिमा हमालले ३६८ मत प्राप्त गर्दा र प्रतिपर्धी कार्कीले जम्मा २०८ मत मात्रै प्राप्त गरेका छन् । सभापति पदमा १५ मत बदर भएको देखाएको छ ।

त्यस्तै उपसभापतिमा हमाल टिमका बिनिल केसीले ३५९ मत प्राप्त गरि बिजयी भएका छन् ।त्यस्तै उपसभापति पदमा कार्की टिमका गौरब सुबेदीले २८५ मत प्राप्त गरि बिजयी भएका छन् । यो टिमबाट जित्ने उनी पदाधिकारीमा एक्ला उम्मेदवार हुन । उपसभापतिमा हमाल टिमका पिमलाल डाँगीले २५३ मत प्राप्त गरेका थिए ।

त्यस्तै कार्की टिमका अर्का प्रतिस्पर्धीं अशोककुमार श्रेष्ठले १८९ मत प्राप्त गरेका थिए । त्यस्तै सचिब तर्फ हमाल टिमका बिमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरि बिजयी भएका छन् ।

प्रतिस्पर्धी कार्की टिमका सचिव पदका उम्मेदवारहरु भोजराज न्यौंपानेको २१७ र परशुराम चौधरीले १७६ मत प्राप्त गरेका थिए ।

सचिब पदकै स्वतन्त्र उम्मेदवार तिलकबहादुर बस्नेतको ६९ मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

त्यस्तै हमाल टिमका सहसचिब पदका उम्मेदवार शेषमणि भण्डारीले ३५१ मत प्राप्त गरेका छन् भने झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरि बिजयी हासिल गरेका छन् ।

सहसचिब पदमा कार्की टिमका अशोक भण्डारीले २१० र तिलसरा वलीले १७६ मत प्राप्त गरेका छन् । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।