सरकारको संसद अधिवेशन अन्त्य गर्ने तयारी

असोज २०, २०७८


असोज २०, प्रमुख प्रतिपक्षको विरोधकाबीच संसद चलाउनु भन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने ठान्दै सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । यसका लागि कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफल समेत गरेका छन् । कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश भएका केही विधेयकहरु फिर्ता लिने र अधिवेशन अन्त्य गर्ने तयारी स्वरुप मन्त्री कार्कीले सभामुख सँग कुराकानी सुरु गरेका हुन् । विधेयकहरु फिर्ता गर्न मन्त्रालयका अधिकारी र संसद सचिवालय बीच पनि कुराकानी भइरहेको बुझिएको छ ।