बाढी पसेर विराटनगर विमानस्थल बन्द, धमाधम उडान रद्ध गर्दै एयरलाइन्स

कार्तिक ०३, २०७८


लगातारको वर्षाले केसलिया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बाढी पसेपछि विराटनगर विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार केसलिया खोलाको बाढीले रनवे र पार्किङ एरिया भरिएको छ। जसले गर्दा उडान प्रभावित भएको उनले बताए ।

विराटनगर विमानस्थल बन्द भएपछि एयरलाइन्सहरुले उडान बन्द गर्न थालेका छन् । बुद्ध एयरले एक सूचना जारी गरि काठमाडौं विराटनगरका आजका सबै उडान रद्द गरिएको जनाएको छ ।