बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कार्तिक ०७, २०७८


कात्तिक ७, आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको छ । देशभरका ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ खुवाउन लागिएको हो । त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुका औषधि पनि खुवावाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । आज र भोलि निःशुल्क भिटामिन ए र जुकाको औषधि खुवाइनेछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिँदै आएको छ । पहिलो चरणमा वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो ।