ध्रुव बिस्कोको नयाँ गीत “रेलै चढी जाउँ” सार्वजनिक (भिडियोसहित)

कार्तिक २८, २०७८


काठमाडौँ । गायक ध्रुव बिस्कोको नयाँ गीत “रेलै चढी जाउ” सार्वजनिक भएको छ । थुप्रै सफल गीतका गायक बिस्कोको यो गीतले पनि बजार तताउने अपेक्षा गरिएको छ ।

रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोले जो कोहीको पनि मन लोभ्याउछ । गीतमा कलाकारहरु नयाँ भएपनि अभिनय भने उत्कृष्ट गरेको देखिन्छ ।

गायक बिस्को पछिल्लो एक दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय छन् । बजारमा आएका काग दाजै,टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर,सिल्की कपाल लगायतका थुप्रै गितहरु उनका हिट नंम्बर मानिन्छन् ।

सार्वजनिक गीतमा शव्द सारिका घिमिरेको रहेको छ भने लय तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायिका अनु चौधरीले आफ्नो सुमधुर स्वर मार्फत साथ दिएकी छन् ।

गीतको भिडियोमा बलराम परियार,सायना श्रेष्ठ र जेरी भण्डारीको अभिनय रहेको छ । भिडियो निर्देशन भने सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन् । गीतलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।