तुलसीपुर-७ मा काँग्रेसका जि.सी. विजयी

जेठ ०८, २०७९


जेष्ठ ८,। तुलसीपुर उपमहानगरपालिका वडा नं.७ को अध्यक्षमा राम बहादुर जिसि विजयी भएका छन । उनले २४०५ मत ल्याएर विजयी भएका हुन । उनी २०७४ को निर्वाचनमा सदस्यमा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धि एमालेका डिल्ली राज भण्डारीले १७९२ मत प्राप्त गरेका छन । जिसि ले ६१३ मतले पछि पार्दै विजयी भएका हुन । यस्तै खुल्ला सदस्यमा शोभाराम भण्डारी, दलित महिला सदस्यमा डिला विश्वकर्मा विजयी भएका छन । वडामा एमालेबाट दुई सदस्य निर्वाचित भएका छन । एमालेको तर्फवाट खुल्ला सदस्य मानवहादुर राना र महिला सदस्यमा दिवानि चौधरी विजयी भएका छन ।