अष्ट्रेलियामा हुने बिग बास लिगको ड्राफ्टमा सन्दीप लामिछाने समावेश

साउन १८, २०७९


साउन १८, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग बीबीएलको ड्राफ्टमा समावेश भएका छन् । बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीप सहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् । यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र हफबार्ट हुरिकेन्सबाट खेलेका थिए । बिग बासका १२ औँ संस्करण डिसेम्बर १३ देखि सुरु हुँदैछ ।