गुरुपूर्णिमामा प्रधानमन्त्रीकोशुभकामना– उज्यालोको खोजी नै जीवनको खोजी
साउन ०६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली गुरुपूर्णिमाको अवसरमा शुभकामना दिँदै उज्यालोको खोजी नै जीवनको खोजी भएको बताएका छन् ।
उनले आज (आइतवार) बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्, ‘उज्यालोको खोजी नै जीवनको खोजी । जीवनको खोजीमा उज्यालो देखाउने सबै गुरुहरूलाई नमन ! गुरुपूर्णिमाको शुभकामना !!’आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।






