लुम्बिनीमा रोज राणा मन्त्रीमा दोहोरिए

साउन ०९, २०८१


लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयमध्ये ४ जनाको नाम टुंगो लगाएको हो । गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री हुनेछन् । न्यौपाने बाहेक अरु संस्थापन समूहका हुन् । कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना पनि मन्त्री बन्ने भनिए पनि उनको टुंगो लागिसकेको छैन । तिमिल्सिना बालकृष्‍ण खाँड निकट मानिन्छन् ।मन्त्री बनेका प्यूठानका रोज राणा दोहोरिएका हुन । अरु सबै नयाँ अनुहार हुन् । थापा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । थापा डिल्लीबहादुर चौधरीको पालामा उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए ।