मानव अधिकार दिवसको अबसरमा मेरिगोल्डमा अन्तरक्रिया कार्यक्रम
मंसिर २४, अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तुलसीपुर- ७ मा रहेको मेरिगोल्ड बोर्डिङ स्कुलमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका मानव अधिकारकर्मी निर्मल बादी नेपाली लाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा सम्मानित व्यक्तित्व निर्मल बादी नेपाली मानव अधिकार कर्मि तथा अभियन्ताका रूपमा ३० वर्षभन्दा बढी समयदेखि सक्रिय रहनुभयकाे छ । दलित समुदायका हक हितका लागि चार दशकदेखि अभियान सञ्चालन गर्दै आउनुभएको छ । हाल शान्ति समाज नेपालका निर्वतमान केन्द्रीय सचिव तथा दलित अधिकार तथा सञ्चार अभियान नेपालका अध्यक्ष समेत हुनुहुन्छ ।

कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक बासुदेब रिजालले मेरिगोल्ड बोर्डिङ स्कुलले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई सामाजिक सचेतना, समानता र मानव अधिकारको सम्मान गर्न सिकाउँदै आएको र समाज परिवर्तनका लागि प्रेरणादायी व्यक्तित्वलाई सम्मान गर्न पाउँदा विद्यालय परिवार अत्यन्त गौरवान्वित भएको बताउनुभयो । साे कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक सोमराज बस्नेतले गर्नुभएको थियो ।






