दंगीशरणमा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

पुष २२, २०८२


पौष २२, खेलाडी र खेलक्षेत्रको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बताएकाछन ।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल उदेश्य सहित दंगीशरण गाउँपालिका स्तरीय आठौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमबार एक भब्य औपचारिक समारोहकाविच उद्घाटन गर्दै पुर्व मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा भानु माध्यामिक बिधालय दंगीशरण ६ प्रसडुवाको ब्यबस्थापनमा आयोजित आठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले औपचारिक उद्घाटन गर्दै खेल खेलाडीको सपना रहने र रनिङ सिल्ड मुख्य आधारहुने चौधरीले बताएकाछन ।अर्को प्रसङ्गमा पुर्व मुख्यमन्त्री चौधरीले दंगीशरणलाई खेल माध्यमबाट चिनाउन आफुले प्रदेश सरकारबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता ब्यक्तगरे ।

आठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा न ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका सयोजक रोशन जङग शाहको अध्यक्षता,लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आथित्यता, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी र गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा आठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता औपचारिक उद्घाटन गरीएको हो ।

उद्घाटन समारोहमा शिक्षा साखा प्रमुख बिनोद अधिकारी,गाउपालिकाका प्रबक्ता रमेश भण्डारी,बिधालयका अक्षकोष दाता बामदेव शर्मा,बिरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलिका प्रधानाध्यापक लक्ष्मण बस्नेत ,खेलकुद बिकास समिती दाङका कार्यालय प्रमुख राकेश परीयार,शिक्षक महासंघ दंगीशरणका अध्यक्ष खेमराज बुढाथोकी,सिद्धपृथ्वी जनता माध्यामिक बिधालयका ब्यबस्थापन समितीका अध्यक्ष दिपक देवकोटा ,लगायतले आ आफ्नो भनाइ राखेकाथिय ।

उद्घाटन सत्रमा समाबेश भएका गाउँपालिकाका सस्थागत तथा सामुदायिक बिधालय गरी १० वटा बिधालयका बिद्यार्थीहरुले गरेको मार्चपास तर्फ बिरेन्द्र माध्यामिक बिधालय सान्त्वना ,लाइफ भिजन बोर्डिङ स्कुल सिम्ठाना तृतिय, ज्ञानोदय बोर्डिङ स्कुल सरुवाडाडा दितीय र भानु माध्यमिक बिधालय प्रसडुवा प्रथम भएकाहुन । बिधालयका शिक्षक कैलाश अधिकारीको स्वागत मन्तब्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण बिधालयका प्रधानाध्यापक महेन्द्र केसीले गरेकाथिय ।