अष्ट्रेलियाले भन्यो- ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्क

चैत २२, २०७६


अष्ट्रेलिया सरकारले २० लाखभन्दा बढीको संख्यामा रहेका अस्थायी भिसा बाहेकलाई आफ्नो घर फर्कन सुझाएको छ ।कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण आर्थिक मन्दी र बेरोजगारी बढेको भन्दै सरकारले विद्यार्थी, दक्ष कामदार र पर्यटकलाई घर फर्कन सुझाएइको हो । अष्ट्रेलियामा विभिन्न प्रकारका अस्थायी २१ लाख ७० हजार पर्यटक छन् । उनीहरु अष्ट्रेलियाको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेको अष्ट्रेलियाका सहायक आप्रवासी मन्त्रीले बताएका छन् । तर अबको छ महिनासम्म आफ्नो खर्च धान्न नसक्ने अस्थायी भिसा भएका मानिसहरुलाई आफ्नो मुलुक फर्किन प्रेरित गरिने भन्दै सहायक आप्रवासीमन्त्री एलन टुड्गेले शनिबार भनेका छन्, ‘यस्ता मानिसहरुका लागि यो घर फर्किने समय हो र उनीहरुले घर फर्किने व्यवस्था छिटोभन्दा छिटो मिलाउनुपर्छ ।’ अष्ट्रेलिया सरकारले शनिबार गरेको घोषणामा पीआर पाउने मानिसहरु भने समावेश गरिएको छैन ।