तुलसीपुरमा तिन दिन मात्रै पसल खुलाउने प्रशासनको तयारी
लकडाउनलाई पुर्ण रुपमा लागु गराउन स्थानिय प्रशासन लागी परेको छ । सकेसम्म नागरिकलाई घर बाहिर निस्कन नदिनका लागी जिल्लामा पुर्ण रुपमा लकडाउन गराउने तयारी गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । हालसम्म दैनिक विहान ३ घण्टा अतिआबश्यक दैनिक उपभोग्य सामान किन्नका लागी तोकीएको समयलाई कटौती गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् ।
दैनिक विहान र साँझ नागरिकहरु सामान किन्नका लागी घर बाहिर निस्कीदा हुने भिडभाडलाई अन्त्य गर्नका लागी यस्तो रणनिति बनाईएको उनले बताएका छन् । घोराही उपमहानगरपालिकाले २४ सै घण्टा लकडाउन गरेको अवस्थामा तुलसीपुरमा पनि अब दैनिक तिन घण्टा खुला गरेको समयलाई बन्द गरी हप्तामा तिन दिन मात्रै पसल खुला गर्ने योजना बनाएको उनले बताएका छन् ।
यसका लागी तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ संग समन्वय भईरहेको उनको भनाई छ । नागरिकलाई आबश्यक पर्ने सामानहरु घरसम्म लैजाने बातावरण सिर्जना गर्ने र खाद्यन्न तथा तकारी पसल पुर्ण रुपमा बन्द गर्ने योजना बनाएको उनले बताएका छन् ।







