कोरोना अस्पताल बेलझुण्डी खालीभयो

चैत २४, २०७६


तुलसीपुरको बेलझुण्डी स्थित कोरोना विशेष अस्पताल अहिले खाली भएको छ ।

अस्पतालको आइसोलेसनमा राखिएका सबैको डिस्चार्ज भएपछि खाली भएको कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

अस्पतालमा आएका ८२ जना मध्य १७ जनालाई आइसोलेसन वार्डमा राखिएको थियो भने अन्यलाई ओपिडीमै सामान्य उपचार र परामर्श पछि पठाइएको थियो । ।

१७ जनाको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई पनि अहिले घरमै पठाइएको छ । कोरोना विशेष अस्पतालमा दाङ सहित सल्यान, रोल्पा र प्युठानबाट बिरामीहरु आएका थिए ।