राहत बाँड्न जाँदा कामेश्वर चौरासिया ६ घण्टा प्रहरी हिरासतमा

चैत २२, २०७६


अभिनेता कामेश्वर चौरासिया प्रहरी हिरासतबाट मुक्त भएका छन् । कोरोना प्रभावितहरुलाई राहत बाड्न हिडेका चौरसिया र अन्य चार जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा लिएको थियो । उनिहरु पर्सास्थित सखुवा पर्सौनीमा रहेका लोपन्मुख उराव समुदायलाई राहत वितरण गर्न हिडेका गएको बेला दिउसो करिब ११:४५ बजे पक्राउ परेका थिए । पक्राउ हुनेमा चौरासिया सहित फिल्मकर्मी तथा ‘भोर’ का अध्यक्ष राजकुमार महतो र अन्य तीनजना – रमेश सापकोटा, जागृत चौरेल र प्रकाश पौडेल छन् । पक्राउको गरिएको ६ घण्टा पछि सबैलाई रिहा गरिएको हो । उनीहरुको टोलि दुई संस्थाहरु – ‘परोपकार युवा संजाल’ र ‘भोर’ को सहकार्यमा पर्साको दुर्गम स्थानमा रहेको सखुवा पर्सौनीमा रहेका अति नै विपन्न उराव समुदायका १९ परिवारको लागि राहत स्वरुप चामल, दाल, मास्क आदि सामग्री वितरण गर्न गएको थियो । कामेश्वरले आफुहरु गाविस अध्यक्ष प्रदिप जैसवालको आग्रह र पत्रका आधारमा राहत लिएर त्यहाँ पुगेको बताए । अध्यक्ष प्रदिप जैसवालले पनि आफूहरुसँगको समन्वय र अनुमतिपछि नै राहत वितरणका लागि कामेश्वरको टोली त्यहाँ पुगेको बताए ।