कोरोना कहर : मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघ्यो

जेठ २८, २०७७


विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । यस्तै संक्रमित ७३ लाख मध्ये ३६ लाख २ हजार बढी उपचार पछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ भने संक्रमितको संख्या २० लाख ४५ हजार बढी छ ।

बेलायतमा २ लाख ८७ हजार संक्रमित मध्ये ४० हजार ८ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ७६ हजार संक्रमितमा ३४ हजार  बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५४ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ ।

ब्राजिलमा ७ लाख ४२ हजार बढी संक्रमित हुंदा ३८ हजार बढीको मृत्यु भएको छ । रसियामा ४ लाख ८५ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ६ हजार १ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार नाघ्दा ७ हजार ७ सय ५० जनाको मृत्यु भएको छ ।