कुवेतबाट नेपाली काठमाडौं आइपुगे ।।

जेठ २९, २०७७


९ जेठ । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको छ विमानस्थल स्रोतले भन्यो, विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।

उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो । कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् । अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।