सीपीएलमा सन्दीपको टीम सेमिफाइनलबाट बाहिरियो

भदौ २४, २०७७


भदौं २४, नेपाली क्रिक्रेटर सन्दीप लामिछाने आबद्ध टीम जमैका तलावास क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ।  गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएसँगै जमैका अन्तिम चारबाटै बाहिरिएको हो । जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो । खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन भने असफल भए ।