लोकसेवाद्वारा सहसचिव र उपसचिवका लागि विज्ञापन आह्वान

असोज २८, २०७७


लोकसेवा आयोगले प्राविधिक तथा अप्राविधिक गरी सहसचिव र उपसचिवहरुको विज्ञापन आह्वान गरेको छ।

आफ्नो पूर्व निर्धारित कार्यातालिका अनुसार आयोगले बुधबार १८५ सहसचिव र ४७३ उपसचिव पदका लागि विज्ञापन आह्वान गरेको हो।

विभिन्न सेवा तथा समूह (उपसमूह)का सहसचिव र उपसचिवको विज्ञापन आह्वान गरेको हो। 

आयोगले निजामती सेवा, संघीय संसद सेवा तथा स्वास्थ्य सेवातर्फ विज्ञापन गरेको हो। विज्ञापनमा तोकिएअनुसार योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन्।