बामदेवविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि !

असोज २८, २०७७


२८ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ ।

बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । सर्वोच्च अदालतका  केही न्यायाधीश र अधिकृतमा  नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण संवैधानिक इजलास बस्न नसकेको हो ।