काठमाडौं उपत्यकामा १,४०३ सहित मुलुकभर २,६३८ जनामा कोरोना संक्रमण

असोज २८, २०७७


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २,६३८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २,६३८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। 

मन्त्रालयका अनुसार १३,९४७ वटा नमुनाको परीक्षण गर्दा २,६३८ जना सङ्क्रमितहरू फेला परेका हुन्। अहिले फेला परेका सङ्क्रमितमध्ये १,४०३ जना काठमाडौं उपत्यकाका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा २,१७४ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ८०,९५४ पुगेको छ ।  यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।