कर्मचारीमा कोरोना देखिएपछि जिसस दाङ कार्तिक ३ गतेसम्म बन्द हुने

असोज २८, २०७७


दाङ, असोज २८ । जिल्ला समन्वय समित दाङका एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयबाट हुने सेवा स्थगित गरिएको छ ।

समितिका समन्वय अधिकारी साबित्रा पुन थापाले जारी गरेको सूचना अनुसार कार्यालयबाट प्रदान गरिने अतिआवश्यकका सेवा बाहेक अन्य सेवा भोलीदेखि कात्तिक ३ गतेसम्म बन्द हुने जनाइएको छ ।