ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेपछि प्रचण्ड निवासमा आकस्मिक भेला

असोज २९, २०७७


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीको सहमतिविनै तीन मन्त्री नियुक्ति र दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल

प्रचण्डले आफू निकट नेताहरूको भेला बोलाएका छन् । बिहीबार बिहान खुमलटारमा पूर्वमाओवादी पक्षका नेताहरूको बोलाएका हुन् ।

गुट भेलामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायतका नेताहरू सहभागी भएको बताइएको छ । 

भेलामा प्रचण्डले प्रधानमन्त्री ओलीले आफ्नो सहमतिविपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको ब्रिफिङ गरेका थिए ।

उनले आफू कार्यकारी अध्यक्ष भए पनि ओलीले सहमति नलिएको गुनासो गरेको भेलामा सहभागी एक नेताले बताए ।