नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

असोज २९, २०७७


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा बिहीबार तीन मन्त्रीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई सिफारिस गरेका थिए । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।