चलचित्र ‘समर लभ’ अब डिसहोममा हेर्न सकिने

कार्तिक ०७, २०७७


काठमाडौं । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ अब घरमै बसेर हेर्न पाइने भएको छ । मुस्कान ढकालको निर्देशनमा बनेको यस चलचित्र फूलपातीको दिनबाट डिसहोममा हेर्न पाइने भएको हो । 

यस चलचित्र फूलपातीको दिनदेखी डिसहोमको च्यानल नम्बर १०८ मा पैसा तिरेर हेर्न पाइन्छ । कोरोना महामारीका कारण यस बर्षको दशैंमा हलहरु नखुल्ने भएपनि दर्शकलाई मनोरन्जन दिन चलचित्र ‘समर लभ’ टिभीमा रिलिज गर्न लागिएको हो । 

अब यस चलचित्र डिसहोममा २ सय २५ मा सपरिवार हेर्न सकिनेछ । चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । 

चलचित्रमा ‘साया’को भुमिकामा रेवतीले निभाएकी छिन् भने अतितको भुमिकामा आशिष देखिएका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको संयुक्त रुपमा निर्माण गरेको चलचित्रको कार्यकारी निर्माताको रुपमा विनोद अधिकारी रहेका छन् ।