निश्चलसँग दिपक–दीपाको सहकार्य ?

कार्तिक १७, २०७७


निर्देशक निश्चल बस्नेतले चलचित्र निर्देशन नगरेको केही बर्ष भयो । उनी, राम्रो कथाको खोजीमा लागेको केही बर्ष भयो । केही समय अगाडि निर्देशक बस्नेत र कलाकार तथा निर्माता दिपकराज गिरीको सहकार्यको चर्चा पनि चलेको थियो । दुबैले एउटा चलचित्रमा काम गर्ने तयारी गरेपनि त्यो पुरा हुन सकेन ।

तर, यतिबेला फेरि दिपकराज र निश्चलको सहकार्यको चर्चा सुरु भएको छ । केही दिन अगाडि दिपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का र निश्चल बस्नेतले भेटघाट गरेपछि यो चर्चा सुरु हुने स्वभाविक पनि हो । यो बिषयमा कुरा गर्दै दिपकले भने–‘हामीले चलचित्रमा सहकार्य गर्ने बिषयमा नै भेटघाट गरेका भने होइनौ । तर, भेटघाटका क्रममा सहकार्य गर्नुपर्छ भन्ने छलफल भने भएको छ ।

कोभिड पछि उत्पन्न परिस्थितीले चलचित्र क्षेत्रमा मेकरहरुविच सहकार्यको आवश्यकता छ । दिपकले आफू र निश्चलविच यो बिषयमा कुरा भएको बताए । केही समय अगाडि पनि सहकार्यको कुरा भएपनि पुरा हुन नसकेको भन्दै दिपकले निश्चलसँग सहकार्य हुन सक्ने संकेत गरेका छन् । दिपकराज गिरी र उनको टिमले चलचित्र छ माया छपक्कै २ र छक्का पन्जा ४ को तयारी गरिरहेको छ भने निश्चल पनि नयाँ चलचित्रको तयारीमा लागेको वुझिएको छ ।