चैत्र २७ मा पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ आउने

माघ २३, २०७७


पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘कृष्णा लीला’ नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । दीपक ओली निर्देशित फिल्म कृष्ण लीला चैत्र २७बाट देशव्यापी प्रदर्शनमा आउन लागेको हो । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ वर्षको कोसेली स्वरुप चैत्र २७ गते प्रदर्शन गर्ने निर्णय गरिएको बताएका छन् ।

आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रवीन्द्र झा,नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईले फिल्ममा अभियन गरेका छन् ।

पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेको फिल्मलाई शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन् । फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत गरेका छन् भने रामजी लामीछानेको कोरियोग्राफी गरेका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको फिल्मको गीत ‘कुनै दिन यस्तो पनि’ भ्यालेन्टाइन्स डेलाई लक्षित गरी माघ ३० मा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ ।