प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ सहित ७ जनामाथि कारबाही

फागुन १९, २०७७


फागुन १९, नेकपा प्रचण्ड–नेपाल समूहको बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले पार्टी विरुद्ध गतिविधि गरेको भन्दै विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु शाह, कर्ण थापालगायत केही केन्द्रीय सदस्यलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ।