तुलसीपुर नगर प्रमुखको प्रेस सल्लाहकारमा बस्नेत

बैशाख ०६, २०७८


तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रेस सल्लाहकारमा पत्रकार ओपेन्द्र बस्नेतलाई नियुक्त गरिएको छ । सोमबार बसेको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका बैठकले पत्रकार बस्नेतलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सुर्य बहादुर डाँगी (श्याम)ले जानकारी दिनुभयो ।राजनीति शास्त्रमा स्नाकोत्तर गर्नुभएका पत्रकार बस्नेत करिब दुई दशकदेखि छापा, विद्युतीय र अनलाइन पत्रकारिता क्षेत्रमा कृयाशील हुनुहुन्छ । नेपालकै पहिलो वातावरणमैत्री सामुदायिक रेडियो, रेडियो प्रकृति एफएमको स्टेशनम्यानेजर, तुलसीपुर खबर डटकमको प्रकाशक तथा सम्पादक समेत रहनुभएका पत्रकार बस्नेत करिब आधादर्जन संचारमाध्यममा आवद्ध हुनुहुन्छ ।