वसन्त आचार्यको शब्दमा गुन्जिएको समिरको स्वर (भिडियो सहित)

भदौ १५, २०७८     सम्पूर्ण कुरा


साहित्यकार वसन्त विवस आचार्यको शब्दमा समीर आचार्यको नयाँ गित सार्बजनिक भएको छ । थुप्रै चर्चित गितहरु ‘दुनियाँ बेग्लै छ, पिच रोड’ जस्ता हिट नम्बरहरु दर्शक/स्रोतामाझ दिईसकेका समिरको स्वर यस पटक भने साहित्यकार वसन्त आचार्यका जादुमय शब्दमा गुन्जिएको छ । उत्कृष्ट शब्दले भरिएको र गायक समिर आचार्यको स्वर मा सजिएको नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको हो । यो गीतमा समिर आचार्यकै संगीत छ । यो गीतलाई वसन्तले नयाँ शैलिमा लेखेका छन भने गायक समिरले पनि केही फरक शैलीमा बनाउने कोशिश गरेका छन् । भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ ।

भिडियोमा शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । गायक समिर आचार्यले यसपटक आफूले केही फरक स्वादमा गीत सार्वजनिक गरेकाले पनि दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गरे ।

भिडियो हेर्नुहोस