अभिनेत्री निशा घिमिरेको निधन

भदौ १६, २०७८     सम्पूर्ण कुरा


अभिनेत्री निशा घिमिरेको केही बेर अघि निधन भएको छ । नर्भिक हस्पिटल मा उपचारत अभिनेत्री निशा घिमिरेको आज उपचारका क्रममा निधन भएको छ । भारतमा भएको दुर्घटनाबाट शिथिल भएकी उनको उपचारका लागि सहयोग रकम उठिरहेको थियो । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।