आज संविधान दिवस

असोज ०३, २०७८


असोज ३, आज देशभर संविधान दिवस मनाइँदै छ । आजकै दिन अर्थात २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको छ । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको हो ।

संविधान दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा लगायत विशिष्ट व्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको छ । यो दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।