कांग्रेसले फेरि सार्‍यो १६ जिल्लाको अधिवेशन

पुष २१, २०७८


पुस २१, नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ । यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन पछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ । कांग्रेसले प्रदेश नम्बर २ का ८ जिल्ला, बागमतीका मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको बाँके र सुदूरपश्चिमको कैलाली र अछाममा जिल्ला अधिवेशन गर्न बाँकी छ ।