पुस २८ का लागि बोलाइएको प्रतिनिधिसभा बैठक माघ ३ का लागि सारियो

पुष २६, २०७८


पुस २६, पुस २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पाँच दिन पछाडि सारिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज सोमबार एक सूचना जारी गरी पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणवश माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् । यसअघि पनि पुस २२ गतेका लागि बोलाइएको् बैठक पनि बस्दै नबसी स्थगित गरी पुस २८ गतेका लागि सारिएको थियो । त्‍यसअघिको बैठक पनि पुस २२ गतेका लागि सारिएको थियो ।