लघु फिल्म ‘आधा सपना’ सार्वजनिक

बैशाख ०२, २०७९


वैदेशिक रोजगारीको सिलसिलामा भोग्ने यावत समस्यालाई समेटेर तयार पारिएको लघु फिल्म ‘आधा सपना’ सार्वजनिक भएको छ । फिल्ममा सुरज अधिकारी, अमृत भण्डारी, सुस्मिता भण्डारी, सन्दीप लामिछाने र सिता पौडेलको अभिनय देख्न सकिन्छ ।

मकाउमा छायांकन भएको फिल्ममा परदेशी जीवनको बास्तबिक भोगाईको यथार्थ पीडालाई समेटिएको निर्माता तथा निर्देशक तुला पर्वतले बताए ।

मकाउका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको फिल्म वाइडस्क्रिन मिडिया मार्फत बजारमा ल्याइएको हो । ‘आधा सपना’मा छायांकन, सम्पदन र संगीत समेत निर्देशक तुलाकै रहेको छ ।