सागरले ल्याए नयाँ गीत ‘ए मेरो हजुर’

बैशाख ०२, २०७९


गायक सागर धिमालले ‘ए मेरो हजुर’ बोलको नयाँ गीत ल्याएका छन् । गीतमा शब्द तथा संगीत समेत उनकै रहेको छ । सरोज विष्टको एरेन्ज रहेको गीतमाको भिडियो भने लिरिकल बनाइएको छ । अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो अस्मिन रजकले सम्पादन गरेका हुन् ।
गायक धिमालले यसअघि ‘हर्षमय‘ बोलको गीत ल्याएका थिए । जुन गीतले राम्रो चर्चा बटुलेको थियो ।