मेलिनाले गाइन् ‘एकान्तमा’

बैशाख २०, २०७९


गायिका मेलिन राईको स्वर रहेको गीत ‘एकान्तमा’ सार्वजनिक भएको छ । नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको गीतमा आपसी मतभेदमा श्रीमान्ले घर छाडेपछि एक्लिएकी युवतीको विरह छ ।
अगम बिकरालको शब्द रहेको गीतको भिडियो दार्जिलिङको मिरिकमा छायाँकन भएको हो । भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाको अभिनय छ ।
भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन् । यस अगाडि बिकरालको ‘नसम्झिने बाचासँगै’ गीत पनि लोकप्रिय छ ।