राप्तीमा एमालेको पक्षमा माहोल, घरदैलोमा भव्य स्वागत

बैशाख २४, २०७९


देउखुरी, २४ बैशाख ।

नेकपा एमालेले यसपाली राप्ती गाउँपालिकाको नेतृत्व गर्न पाउनेगरी माहोल बन्दै गएको छ । सामाजिक क्षेत्रमा क्रियासिल जगतप्रसाद पोख्रेल अध्यक्षमा उठ्नु भएको छ भने भूमहिन, किसानको पक्षबाट लोकप्रिय महिला नेतृ कमलापती चौधरी उपाध्यक्षमा उठ्नु भएको छ । दुवै जनालाई एमालेले उम्मेदवार बनाएको हो । स्पष्ट वक्ता तथा भिजन र दृष्टिकोण राख्न सक्ने व्यक्ति अध्यक्ष र उपाध्यक्षका साथै बाँकी सबै वडामा वडा अध्यक्ष सहितको टिम बलियो बनेको छ । राप्ती उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भएका पोख्रेललाई यसपाली सबैले रुचाएका छन् । गाउँ घर सबै तर्फ पोख्रेलकै चर्चा छ ।

पोख्रेलले चुनवाी एजेण्डा सार्वजनिक गर्दै राप्ती गाउँपालिकालाई सबै क्षेत्रमा समृद्ध बनाउन चाहेको बताउनु भएको छ ।‘हामीले यसपालीको निर्वाचनको सोच जनताको आर्थिक सवलताका लागि योजना वद्ध पुर्वाधार निर्माण/उत्पादकत्वमा बृद्धि तथा सुशासन युक्त संस्थागत विकास गर्दै स्वीकृत गुरु योजना बमोजिमको नमुना प्रदेश राजधानी निर्माण गरी प्रभावकारी सेवा संचालन गराइ सुन्दर शहर स्थापनाको सोच विकास गराउदै राप्ति गाउँपालिका वासिको अव्वल पहिचान निर्माण गर्ने राखेका छौं’उहाँले भन्नुभयो–‘रणनीतिको रुपमा आम राप्ति गाउँपालिका सजग क्षमतावान र परिवर्तनका संवाहक आदर्णिय मतदाताहरु लाइ नेकपा एमालेको सुर्य चिन्हमा मतदान गराइ अत्याधिक मतले विजय गराइ स्थानीय सरकारको नेतृत्व प्राप्त गरी नीति तथा कार्यक्रम बमोजिम सरकार संचालन गर्ने पार्टिको संगठनात्मक प्रतिवद्धता हुनेछ भनेका छौं ।’

लक्ष्य/उदेश्यको रुपमा अविलम्व गुरु योजना बमोजिमको प्रदेश राजधानि निर्माण गरी नागरिक सेवा संचालनका लागि राजनैतीक तथा संस्थागत भूमिका निर्वाह गर्ने र सोही बमोजिमका पुर्वाधार निर्माणमा जोड दिने रहेको छ । यसैगरी गाउँपालिकाका सम्पुर्ण गरिखाने बर्गका लागि आर्थिक सामाजिक सवलताका लागि स्वरोजगार र उद्यमसिलताका कार्यक्रम संचालन गरी विद्यमान प्रति परिवार औषत आम्दानी बार्षिक रु.१,५४,२०० वाट वढाइ ५ बर्ष भित्र रु.२७५०००।– पु¥याउने रहेको छ ।

गाउँपालिकास्तरवाट प्रवाह हुने सेवा र नागरिक सहभागिता लाइ जनमैत्री तथा प्रविधियुक्त बनाइ सुशासन र पारदर्शिता कायम गरी स्थानीय सरकारले जनतामा सरकारको अनुभुति प्रदान गराउन कुल बजेटको ३५% आर्थिक विकास, ३०% पुर्वाधार विकास, २०% सामाजिक विकास र १५% बजेट संस्थागत सुशासन र विकासमा बजेट बिनियोजन गर्ने नीति अवलम्बन गरिनेछ । आर्थिक विकासको लागी ‘जनताको आर्थिक सवलता राप्ति गाउँपालिको अव्वलता’ भन्ने मुल नाराका साथ पालिका स्तरीय तरकारी, माछामासु, दुध र फलफुल उत्पादन बृद्धिकालागि एक वडा एक पकेट क्षेत्र निर्धारण गरी किसानसँग कृषि प्राविधिक कार्यक्रम लागु गराइ उत्पादनमा अनुदान कार्यक्रम संचालन गरिनेछ ।

सामाजिक विकास तर्फ राप्ति गाउँपालिकाका विपन्न घरपरिवारका लागि शिक्षा, स्वास्थ, विजुलि, खानेपानी पुर्णरुपमा निशुल्क बनाइ उनिहरुको आर्थिक जीवन स्तरमा सुधार गर्नुका साथै सामाजिक र राजनैतिक सहभागिता सुनिश्चित गरी आगामि ५ बर्षमा कम्तिमा ५० प्रतिशत घरपरिवारलाइ विपन्नताको रेखा बाट माथि उठाउने योजना छ । सिसहनिया र भालुवाङमा रहेका अस्पताल वाट प्रदान गर्ने स्वास्थ सेवा निःशुल्क गराइ विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्ने योजना बनाएका छौं । ‘स्वास्थ्य नै धन हो’ भन्ने मुल नाराका साथ सबै वडामा परिवार स्वास्थ्य चिकित्सक कार्यक्रम लागु गराइ स्वास्थ्य माफियाहरु लाइ निरुत्साहित गर्ने योजना छ ।

पुर्वाधार विकास तर्फ.राप्ति गाउँपालिका भित्रका पुर्व पश्चिम राजमार्ग संग जोडिने प्रमुख सबै सडकहरु ५ बर्ष भित्र क्रमश कालोपत्रे गरिनेछ साथै भित्रि प्रमुख सडकहरुमा जोडिने सबै सडकहरुको स्तरोन्नति गरी सबै वडाहरुमा सडक संजाल विस्तार गरिनेछ।पालिकाका सबै वडाहरुमा पुर्ण विद्युतिकरण गरी उज्यालो सफा र सुन्दर गाउँपालिका बनाउने संकल्प छ । पर्यटन तथा सास्कृतिक विकास तर्फ हामीले. आन्तरिक चुरे पर्यटनको विकास गरी युवा स्वरोजार अभिबृद्धिका लागि भालुवाङ– चन्द्रागिरी–माथिल्लो बगासोति–स्यानिगोस–देविकोट–करङ्गे– थकरीकोट हुदै सिङ्गे सम्मको पद मार्ग निर्माण गरिर्ने, धार्मिक तथा कला सांस्कृतिक पहिचान सहितको थारु/मगर/अन्य जातजातिहरुको ब्यवसायिक होमस्टे संचालन गर्ने राप्ति नदि सभ्यताको संरक्षण प्रर्बधन गर्दै राप्ति नदि पर्यटन विकास कार्यक्रम अन्तरगत चैते देखी बगरापुर सम्म नदि सयरकालागि बोटिङ/राप्ति नदि तटिय क्षेत्रमा पार्क निर्माण गर्ने योजना महत्वका साथ उठाइएको छ ।

पोख्रेलले चुनाव जीत्ने प्रमुख आधार भनेकै मतदाताको विश्वास भएको बताउनु भयो । जुन विश्वास आफुहरुले प्राप्त गर्न थालेको उल्लेख गर्नु भयो ।‘लुम्बिनी प्रदेशको स्थायी राजधानी जसरी यहाँ आईपुगेका छ । यो राजधानीलाई व्यवस्थापन गर्ने जिम्मेवारी हामीहरुले लिन चाहन्छौं’उहाँले भन्नुभयो–‘सुन्दर राप्ती गाउँपालिका बनाउने चाहनाका साथ हामीले घोषणापत्र तयार पारेका छौं । सबै हिसावले मतदाताको विश्वासनै हाम्रो चुनाव जीत्ने आधार हो ।’