अपांगता भएका व्यक्तिहरुको लागि रोजगारीको व्यवस्था गर्न माग

बैशाख २४, २०७९     निरला अर्याल


तुलसीपुर२४-वैशाख/

 राप्ती वहिरा संघ दाङको आयोजनामा भएको अपांगता भएका व्यक्तिहरुसंग उम्मेद्धवार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले अपांगता भएका व्यक्तिहरुको क्षमतालाइ पहिचान गरी रोजगारको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । जुनै नेता आएपनि अपांग व्यक्तिहरुको भत्ता वृद्धि गर्ने प्रतिवद्धता गर्नुहुन्छ तर आफुहरुलाई भत्ता वृद्धि नभई क्षमता वृद्धि गर्न तिर नलागेको उनीहरुको गुणासो थियो ।

क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु नल्याउदाँ आफ्नो क्षमतालाइ कुण्ठित गरेर भत्ताकै भरमा वस्दा आफुमा भएको क्षमता समेत ओझलमा पर्ने गरेको उनीहरुले बताएका थिए । दाङ नेत्रहिन संघ दाङका उपाध्यक्ष रमजेश कुमार अर्यालले वित्तिय क्षेत्रमा पहुँच पुग्ने गरी काम गर्न उम्मेद्धवारलाइ आग्रह गरे । अपांग व्यत्तिहरुको प्रतिको विभेद र नेतृत्वलाइ स्वीकार्न नसक्दा अपांगमैत्री समाज बन्न सकेको बताउँदै उनले आर्थिक रुपमा मजवुद गर्न तथा आधारभुत आवश्यकताहरुको व्यवस्था गर्न र प्रत्येक अपांग व्यक्तिहरुलाइ रोजगारीको व्यवस्था गर्न उम्मेदवारसंग माग गरे ।

शारीरिक, मानसिक, आर्थिक सवेंगात्मक लगायत विविध तवरमा पछाडि परेका फरक क्षमता भएका व्यक्तिहरुलाइ समाजका शिक्षित वर्गबाट असभ्य र संवेदनशीलहिन व्यवहार भएको दिवाकर पाण्डेको गुणासो थियो । यसैबीच अपांगता भएका व्यक्तिहरुको गुनासाहरुलाइ सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकका गठबन्धनका उम्मेदवार गेहेन्द्र गिरीले ऐन कानुनमा भएका व्यवस्थाहरु अक्षररस पालना गर्ने, अपांगमैत्री वातावरण निर्माण गर्ने तथा फरक क्षमता भएका व्यक्तिहरुको पहिचान गरी रोजगारको व्यवस्था गर्ने लगायतका प्रतिवद्धता गरे ।

यस्तै तुलसीपुर उपमहानगरपालिका नेकपा एमालेका मेयर पदका उम्मेदवार टिकाराम खड्का र उपमेयर पदका स्यानी चौधरीले सरकारले दिइरहेको हालको भत्तालाइ वृद्धि गरी लैजाने, ज्ञान सीप र क्षमतालाइ हेरी रोजगारको व्यवस्था मिलाउने, आवसीय विद्यालय बनाउने लगाएतका प्रतिवद्धता जनाए । कार्यक्रममा गठबन्धनका उपमेयर पदका उम्मेदवार जोग वहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टीको रविन्द्र उच्च नेपाली, मंगोल नेश्नल अर्गनाइजेशनका मेयर पदका उम्मेदवार जया घर्ती मगर लगाएतकाले आआफनो प्रतिवद्धता जाहेर गरेका थिए । कार्यक्रमको सहजीकरणे स्मृती योगले गरेकी थिईन भने दोभाषे संघका निर्दशक प्रतिमा शर्माले गरेकी थिईन ।