तुलसीपुरमा अघोषित लोडसेडिङका कारण उपभोक्ता हैरानी

बैशाख २५, २०७९


तुलसीपुर २५ बैशाख ।

तुलसिपुर क्षेत्रमा केहि दिन यता छिनछिनमा विद्युत सेवा अवरुद्ध हुने गरेको छ । विद्युत लाईन छिनमा आउने र छिनमै जाने समस्याका कारण उपभोक्ताहरु मर्कामा परेका छन् । केहि वर्ष पहिले नेपालमा लोडसेडिङ मुक्त घोषणा गरेपनि तुलसीपुर क्षेत्रमा भने पछिल्लो समय दैनिक जसो विद्युत जाने समस्या रहेको छ ।अघोषित रुपमा छिनछिनमा विद्युत जाँदा यसले गर्दा उपभोक्तहरु मारमा परेका छन ।

विद्युत छिन मै आउने छिनमै जाने गर्नाले विदुतीय विभिन्न उद्योग सञ्चालन गर्न कठिनाई भएको छ ।आफुहरु मर्कामा परेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।यता विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञान प्रसाद फर्सालले लोड बढि भएको अवस्थामा विद्युत जाने र आउने जस्ता समस्या हुने गरेको बताउनुभयो । उहाले बढि लोड हुने, विभिन्न प्राविधिक समस्या हुने, हावाहुरी, वर्षात हुने लगाएतका कारणले पनि यस्तो समस्या आउन सक्ने बताउनुभयो ।

अघोषित लोडसेडिङको केहि टिपोट विवरण यस्तो छ ।