गठबन्धनले सबै भन्दा बढि फाईदा काँग्रेसलाई भएको छ : देउवा

बैशाख २५, २०७९


दाङ २५ वैशाख ।

प्रधानमन्त्री तथा नेपाली काँगेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले सबै भन्दा धेरै काँग्रेसलाई फाइदा भएको बताएका छन् । पाँच दलिय गठबन्धनको आयोजनामा आईतबार दाङको तुलसीपुरमा आयोजना गरेको चुनाबी आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धनले सबै भन्दा बढि काँग्रेसलाई फाईदा पु¥याएको भन्दै यो गठबन्धन जोगाउन आबश्यक रहेको बताए ।‘जसले जे भनेपनि काँग्रेसलाई सबै भन्दा बढि गठबन्धनले फाईदा गरेको छ, काँग्रेसलाई यो गठबन्धन बढि आबश्यक छ’,उनले भने‘अरु दललाई पनि गठबन्धनले फाइदा दिएको छ, त्यसैले यो गठबन्धन जोगाउन आबश्यक छ ।’

यदि गठबन्धन नभएको भए प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु नहुँने भन्दै यो गठबन्धन अति आबश्यक भएको बताएका हुन् । साथै उनले गठबन्धनबाट सबै स्थानीय सरकार, वडा जितेपछि केन्द्रबाट पठाएको बजेट पनि सदुपयोग हुने र विकास पनि हुने बताए । यो गठबन्धन भनेको प्रतिगमण विरुद्धको गठबन्धन भएकाले पनि ऐतिहासिक र राष्ट्रिय आबश्यकता भएको समेत उनको भनाई थियो ।

संसदमा विरोध भएपछि संसद नै विघटन गर्ने, जनताको निर्णय पनि नमान्ने, अदालतको निर्णय पनि नमान्ने, बहुमतको पनि निर्णय नमान्ने केपी वलीको प्रबृतिले मुलुक अफ्टेरोमा पर्न थालेपछि गठबन्धन गरिएको देउवाले बताए ।