देश भाँडमा जाओस भनेकै होईन : प्रचण्ड

बैशाख २५, २०७९


तुलसीपुर, २५ बैशाख ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा भाषण गरेको कुरालाई कुअर्थ लगाईएको बताउनुभयो । तुलसीपुर आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उहाले आफुले देश दुर्घटना वा भाँडमा जाओस भन्न नखोजेको बताउनुभयो । गठबन्धनका उमेदवारले विजयी प्राप्त गरे मात्रै प्रतिगमन परास्त हुने भन्न खोजेको उहाले बताउनुभयो ।

तर प्रचण्डले छोरीलाई जिताउनका लागी, नजिते देश दुर्घटनामा जान्छ भन्ने जस्ता नकारात्मक कुराको प्रचार भएको अध्यक्ष प्रचण्डले दावी गर्नुभयो । आफुहरुको गठबन्धन प्रतिगमन विरुद्ध, षड्यन्तकारी विरुद्ध भएको उहाले बताउनुभयो । देशभर गठबन्धन गरेर प्रतिगमन विरुद्ध एकताबद्ध हुन आबश्यक भएकाले चुनावी तालमेल गरेको बताउदै उहाले साझा उमेदवारहरुलाई विजयी बनाउन अपिल गर्नुभएको छ ।